FAQs Complain Problems

कृषक दम्पती हत्या प्रकरण : प्रधानमन्त्री ओली र गृहमन्त्री बादललाई मेयरद्धारा ध्यानाकर्षण

जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीका कृषक दम्पतीको हत्याको बिषयमा गम्भिर हुन मेयर डा. कृष्ण पौडेलले प्रधानमन्त्री र गृहमन्त्रीको धानाकर्षण गराएका छन् । 
तीन महिना वितिसक्दा पनि सुवेदी दम्पतीको हत्यारा पक्राउ पर्न नसक्नु दु:खद रहेको भन्दै मेयर डा. पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई भेट गरेर घटनाको बिषयमा जानकारी गराउदै ज्ञापनपत्र बुझाए । 
गत मंसीर १५ गते हत्या गरिएका कृषक दम्पती ३९ बर्षिय दीपक सुवेदी र ३२ बर्षिया दीपीका सुवेदीको हत्याको ध्यानाकर्षण गराउन मेयर डा. पौडेल बालुवारटार र गृहमन्त्री निवास पुगेका थिए । नेकपा माओवादी केन्द्रका नेता राजन पौडेल, एमालेका नेता कृष्ण खनाल, पीडित परिवारबाट लक्ष्मण सुवेदीसहित पुगेका मेयर डा. पौडेलले क्रुर तरिकाले हत्या गरिएको तीन महिना बितिसक्दा पनि दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानियबासीमा त्रासको स्थिती रहेको भन्दै गम्भिरतापूर्वक अनुसन्धानलाई अघि बढाउन आग्रह गरे । 
प्रधानमन्त्रीलाई ज्ञापन बुझाउदै मेयर डा. पौडेलले दोषी पक्राउसंगै मृतकद्धयका छोराछोरी नाबालक रहेकाले उनीहरुको उचित शिक्षा र भरणपोषणको ब्यवस्था मिलाउन, कृषक शहिद घोषणा गर्न, ब्यवसायका लागि लिइएको ऋणको सावा र ब्याज मिनाहा गर्न, सुरक्षाको ब्यवस्था मिलाउन आग्रह गरेका छन् । ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले यस बिषयमा गम्भिर भएर लाग्ने बताएका थिए । 
यसअघि कृषक दम्पती र परिवारको अवस्थाका बारेमा मेयर डा. पौडेलसहित सहभागी नेताले गृहमन्त्रीलाई जानकारी गराएका थिए । मेयर डा. पौडेलले घटनालगत्तै उपमहानगरपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धर र पीडित परिवारबिच भएको छलफलमा पाच बुदे सहमती कार्यान्यवन गर्नेतर्फ पहल अघि बढाउन आग्रह गरे । 
गृहमन्त्री बादलले बजनी घटनाको बिषयमा भएको अनुसन्धानको पछिल्लो अवस्था र त्यसलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित जिल्लाको सुरक्षा निकायसंग कुरा गरेर अघि बढ्ने बताएका छन् । भेटमा गृहमन्त्री बादलले दोषीलाई कानुनी दायरामा ल्याउन तत्काल निर्देशन दिने र पीडित परिवारको मागका बिषयमा छलफल गरेर अघि बढ्ने बताएको मेयर डा. पौडेलले जानकारी दिएका छन् । 
सुवेदी दम्पतीको मंसीर १५ गते घरेलु हतियार प्रयोग गरी हत्या भएको थियो । मृतक दम्पतीका १३ बर्षिया छोरी आर्जु र १० बर्षिय द्धोरा आर्जन रहेका छन् । 

लोकेशन