FAQs Complain Problems

सिमरा रंगशाला कम्पाउण्ड वाल शिलान्यास

Inauguration of compound wall of Simara Stadium

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सिमरा रंगशालाको कम्पाउण्ड वालको शिलान्यास गर्नुभएको छ । 
राष्ट्रिय स्तरको सिमरा गोल्डकप प्रतियोगिता आयोजना हुदै आएको उपमहानगरपालिका १ स्थित रंगशालालाई संरक्षण गर्ने उदेश्यका साथ कम्पाउण्ड वाल निर्माण गर्न लागिएको हो । 
उपमहानगरपालिकाको २५ लाख, श्रमदान र उपभोक्ताबाट पाच लाख गरी कुल ३० लाखको लागतमा कम्पाउण्ड वाल निर्माण हुनेछ । पहिलो चरणमा करिब दुई सय ५० मिटर पर्खालले रंगशालालाई घेरिने छ । 
खेलकुदको संरक्षण र प्रवद्र्धनलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको भन्दै पूर्वाधार निर्माण र खेलकुद गतिविधिलाई अघि बढाइएको प्रमुख डा. पौडेलले बताउनुभयो । शिलान्यास कार्यक्रममा उपमेयर सरस्वती चौधरी, वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरु…लगायतको उपस्थिती रहेको थियो । 
 

लोकेशन