FAQs Complain Problems

जीतपुरमा दुई सय शैया अस्पतालको शिलान्यास

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले शुक्रवार एक कार्यक्रमका बिच दुई सय शैयाको अस्पतालको शिलान्यास गर्नुभएको छ । 
उपमहानगरपालिकाको लागतमा वडा नम्बर ५ स्थित क्रसर टोलमा बन्न लागेको अस्पतालको शिलान्यास गरिएको हो । उपमहानगरको प्रथम नगर सभाले अस्पताल बनाउने निर्णय गर्दै बजेट बिनियोजन गरेको थियो । 
कुल ५० करोडको लागतमा पाच बिगाह क्षेत्रफलमा बन्ने अस्पतालको प्रारम्भिक चरणमा कम्पाउण्ड वालको काम सम्पन्न गरिने भएको छ । शिलान्सासपछि सञ्चारकर्मीसंग कुरा गर्दै मेयर डा. पौडेलले स्वास्थ्य सेवामा उपमहानगरबासीको सहज पहुच होस भन्ने उदेश्यले अस्पताल निर्माणको अवधारणा ल्याइएको बताउनुभयो । 
मेयर डा. पौडेलले मानव जीवनको महत्वपूर्ण बिषयको रुपमा रहेको स्वास्थ्य क्षेत्रको सुधार, स्तोन्नती र पूर्वाधार निर्माणलाई उपमहानगरको प्रथम नगर सभाले प्राथमिकतामा राखेको बताउनुभएको छ । नगर सभाले जीतपुरमै सर्पदंश केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो । सभाको निर्णय अनुसार सर्पदर्श केन्द्र निर्माण प्रक्रिया समेत अघि बढिरहेको मेयर डा. पौडेलको भनाई छ । 
उपमहानगरले पथलैयामा राजमार्ग अस्पताल र बिशेष आर्थिक क्षेत्रभित्र श्रम अस्पताल निर्माणका लागि समेत पहल गरिरहेको छ । शिलान्यास कार्यक्रममा उपमेयर सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेती, वडा नं. ५ का अध्यक्ष मोहित चौधरी, वडा नं. ७ का अध्यक्ष रामबाबु गुप्ता, वडा नं. ८ का अध्यक्ष रामबाबु कुर्मी, नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साह, ईन्जिनियर रामनरेश यादव, अजित दुलाल, स्थानिय रामबाबु कलवारसहित स्थानियको उपस्थिती रहेको थियो । 

लोकेशन