FAQs Complain Problems

बिपद ब्यवस्थापनको सामाग्री हस्तान्तरण

वर्षाका कारण हुनसक्ने बिपद ब्यवस्थापनका निम्ति जीतपुरसिमरा उपमहानगरपालिकाले सुरक्षाकर्मीलाई बिपद ब्यवस्थापनका निम्ति आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । 
उपमहानगरपालिकाको कार्यलयमा एक कार्यक्रमका बिच मेयर डा. कृष्ण पौडेल र उपमेयर सरस्वती चौधरीले सशस्त्र प्रहरी बल बेस क्याम्प जीतपुर र ईलाका प्रहरी कार्यलय सिमरालाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । 
बर्षाका कारण हुने बाढी र डुवानबाट मानविय क्षति हुन नदिन उपमहानगरपालिकाको बिपद ब्यवस्थापन समितिले सामाग्री हस्तान्तरण गर्ने निर्णय गरेको थियो । उपमहानगरपालिकाबाट वितरण भएको सामाग्री प्रहरी कार्यलयमा रहने र बिपदको समयमा तत्काल उद्धारमा प्रयोग गरिनेछ । 
सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिवकुमार कार्की, स्थानिय नेता देवनारायण चौधरी, सशस्त्र प्रहरी निरिक्षक प्रकाश पौडेल, कार्यलयका नायब सुब्बा गोपाल खपांगीलगायतको उपस्थिती थियो । 

लोकेशन