FAQs Complain Problems

हावाहुरी पीडितलाई जीतपुरसिमरा उपमहानगरको पाँच लाख

हुरी प्रभावित बस्तीका पीडितलाई पुर्नस्थापनाका लागि जीतपुरसिमरा उपमहानगरपालिकाकाले पाँच लाख नगद उपलब्ध गराउने निर्णय गरेको छ।  उपमहानगरको नगर कार्यपालिकाको बैठकले हुरीका कारण घरविहिन बन्न पुगेका नागरिकको घर पुर्ननिर्माणका आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
 
उपमहानगरका मेयर डा. कृष्ण पौडेलले प्राकृतिक विपत्तिका कारण बाराको विभिन्न क्षेत्रमा परेको क्षतिबाट विस्थापित परिवारका लागि राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो।

‘जिल्लाको विभिन्न बस्तीमा यतिबेला ठूलो पीडा परेको छ, नागरिकहरु घरविहिन बन्न पुगेका छन्’, मेयर डा. पौडेलले भन्नुभयो, ‘उनीहरुको बसोबासका लागि उपमहानगरले सहयोग गर्ने निर्णय गरेको हो।’

यसैगरी हुरी प्रभावित बस्तीका लागि जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीले एक दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। 

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले हुरीपीडित परिवारलाई राहत उलपब्ध गराउनका लागि सबै कर्मचारीले एक दिनको तलब सहयोग गर्ने निर्णय भएको बताउनुभयो। 

उपमहानगरको पाँच लाख र कर्मचारीबाट संकलन हुने रकम जिल्ला प्रशासन कार्यलयको विपद व्यवस्थापन सहायता कोषमा रकम जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभयो। 

लोकेशन