FAQs Complain Problems

महेन्द्रनगर–आदर्शनगर–हात्तिसार सडक शिलान्यास

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उपमहानगरपालिका १६ स्थित आदर्शनगर–महेन्द्रनगर–हात्तिसार सडक ढलानको शिलान्यास गर्नुभएको छ । 
उपमहानगरपालिकाको नगर स्तरिय योजना अन्तर्गत निर्माण हुन लागेको उक्त सडकको कुल लागत ४० लाख रहेको छ । सडक निर्माणका लागि नगरबासीको लागत सहभागिता र श्रमदान रहने नगर प्रमुख डा. पौडेलले बताउनुभयो । 
शिलान्यास कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष केदार बजगाई, कार्यपालिका सदस्य सुन्दर सुनार, वडा सदस्य र स्थानिय पुष्प श्रेष्ठ, हरिदेव खरेललगायतको उपस्थिती रहेको थियो ।
 

लोकेशन