पर्यटन प्रवर्द्धन विकासका लागि जीतपुरसिमरा उपमहानगरपालिका र सरोकार पक्षवीच परिचयात्मक र विषयवस्तुवारे छलफल भएको छ ।
शिक्षा क्षेत्रमा आमूल रुपान्तरणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसङ्ग अन्तरक्रिया !
हेडसरहरुलाई सामुदायिक र निजी विद्यालयहरुवीचको अन्तर हटाउने गरि गृहकार्य अघि बढाउन आग्रह, उपमहानगरभित्र ६३ सामुदायिक विद्यालयहरु रहेका छन जसमा यो आ. व. मा करीव रु. २५ करोड लगानी रहेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ६ नगौल, सिदरियाटोल, वडा नंं. ३ को बजनीलगायत विभिन्न स्थानबाट त्यहां रहेको शालिमार सिमेण्ट र युनिटेक लगायत कारखानाबाट व्यापक औद्योगिक प्रदुषणको सन्दर्भमा नगरवासीहरुको गुनासो र लिखित उजुरीका आधारमा स्थलगत निरिक्षण गरी पूर्ण रुपले प्रदुषण नियन्त्रण गर्न आग्रह गरिएको । सम्वन्धित पक्षले पुस महिनाभित्र प्रदुषणलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको छ।
स्थानीय तह (जीतपुरसिमरा उपमहानगरपालिका) मा गरिबी निवारण तथा रोजगार सिर्जनाको लागि लघुउद्यम विकास मोडल सम्वन्धी छलफल !
हामी स्थानीय श्रम र सीपमा आधारित लघु उद्यमहरुमार्फत गरिबी न्यूनीकरण र स्वरोजगारी अवसर सिर्जनालाई प्राथमिकता ।
उपमहानगरस्तरीय बहुपोषण अभिमुखीकरण कार्यक्रममा १५ दिने सुत्केरी आमालाई पोषण सामाग्री हस्तान्तरण
सडक सञ्जालसहित पूर्वाधार, कृषि, व्यवसाय, पर्यटन, शिक्षा, खेलकुद, सहकारी, तीव्र आर्थिक विकासलगायतलाई प्राथमिकतामा राख्दै रु. ८४.५० करोडको चालु आ. व. २०७४/०७५ को वार्षिक बजेट प्रस्तुत भएको छ ।
निर्वाचित भएको करीव डेढ महिना, कार्यारम्भको एक महिना र सघन एवम द्रुततयारीको करीव १५ दिनमा प्रथम नगरसभा सम्पन्न गर्नु आफैमा महत्वपूर्ण उपलव्धी ठानेको छु ।
अब उपमहानगरपालिकाको विधिवत सञ्चालन, दीर्घकालीन र अल्पकालीन योजनाहरु एवम कानूनहरुको कार्यान्वयन आरम्भ भएको छ ।
नगर प्रमुख डा. कृष्ण पौडेललाई सम्मान गर्दै लायन्स क्लब । साथमा लायन्स क्लवका अन्तर्राष्ट्रिय निर्देशक ई. सञ्जय खेतान, वीरगञ्जका मेयर विजय सरावगी, पोखरियाकी उपमेयर सलमा खातुनलगायत प्रशासकहरु र प्रतिष्ठित व्यक्तित्वहरु ।
जीतपुरसिमरा उपमहानगरपालिकाका सबै जनप्रतिनिधिहरु (१२५) लाई आफ्नो परिभाषित जिम्मेवारीहरुको सन्दर्भमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव श्री दिनेश थपलियाको प्रमुख आतिथ्यतामा अभिमुखीकरण ।