FAQs Complain Problems

जीतपुरसिमराका उपभोक्ता समितिलाई एकदिने अभिमूखिकरण

जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडामा गठित उपभोक्ता समितिहरुको लागि एक दिने अभिमूखिकरण तालिम विहिबार सम्पन्न भएको छ । 
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १३, १४, १५ र १६ का विभिन्न आयोजना सम्पन्न गर्न गठित उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुका लागि आयोजित अभिमूखिकरण तालिममा जीतपुरसिमरा उपमहानगरपालिकाका शाखा अधिकृत नविन लामा र इन्जिनियर रामनरेश यादवले प्रशिक्षण दिएका थिए । 
विभिन्न वडामा गठन भएका उपभोक्ता समितिलाई विकास निर्माणको काम र उपमहानगरपालिकासंग भूक्तानी लिनका लागि अपनाउनुपर्ने प्रकृयाका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाको योजना शाखाका विरेन्द्र वाईवाले जानकारी दिए ।
दुई चरणमा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १३ का वडा अध्यक्ष राजेन्द्र चौधरी, १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, नगर कार्यपालिका सदस्य राजकुमार महरा, वडा सदस्य राजेन्द्र भट्टराई, मनमाया घले, सुमित्रा विशंख्य, हेमनारायण चौधरीलगायतको उपस्थिती रहेको  थियो ।
 

लोकेशन