FAQs Complain Problems

फायरम्यानलाई अब्बल बनाउदै उपमहानगरपालिका

आगलागी नियन्त्रणमा खटिने बारुणयन्त्र चालक र फायरम्यानको क्षमता अभिबृद्धिका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले सात दिने प्रशिक्षण सम्पन्न गरेको छ । 
आगलागीको समयमा हुने मानविय र अन्य क्षति न्युनिकरणका लागि दक्ष जनशक्ति आवश्यक रहेको भन्दै उपमहानगरले तालिमको आयोजना गरेको हो । सात दिने तालिममा उपमहानगरका दुई बारुणयन्त्र चालक मातृका पौडेल, अरुणकुमार यादव र र चार फायरम्यान गोविन्द आचार्य, गगन न्यौपाने, थानेश्वर कंडेल र विज्ञान लामाले प्रशिक्षण लिनुभएको थियो । 
प्रशिक्षणका क्रममा घटनास्थलमा कसरी चाडो पुग्ने, आगोको अवस्था अनुसार कसरी नियन्त्रणमा लिने, जोखिमबाट कसरी बच्ने, उद्धार कसरी गर्नेलगायतको प्रशिक्षण दिइएको थियो । सिमराका स्थानिय राजकुमार लामाले चालक र फायरम्यानलाई प्रशिक्षण दिएका हुन् । 
सात दिने प्रशिक्षणपछि चालक र फायरम्यानले मंगलबार सिमरा रंगशालामा आगो निभाउने कलाकौशल प्रस्तुत गरेका थिए । सो कार्यक्रममा उपमहानगर नगर प्रमुख डा. कृष्ण पौडेलले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न र आफ्नो जिम्मेवारी गम्भिरताका साथ निभाउन निर्देशन दिनुभएको छ । 
सोही अवसरमा नगर प्रमुख डा. पौडेलले चालक र फायरम्यानलाई प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो । कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिवकुमार कार्की, वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरे, वडा नम्बर ४ का अध्यक्ष भोजबहादुर खत्री, कार्यपालिका सदस्य शोभा कार्की, सुभद्रा न्यौपाने, शाखा अधिकृत नविन लामा, लेखा अधिकृत बिसमिल्लाह अंसारी, ईन्जिनियर नवराज शर्मा, नायब सुब्बा गोपाल खपांगीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नायब सुब्बा विरेन्द्र वाईवाले गर्नुभएको थियो । 
 

लोकेशन